आर्थिक मामिला र भौतिक पूर्वाधार विकास मन्त्रालय वरिपरि बम


विमल विष्ट, डोटी

सुदुरपश्चिम सरकारका मन्त्रालयनजिक सरकारद्वारा प्रतिबन्धित नेकपा माओवादी (विप्लव) का बम फेला परेपछि स्थानीयबासीमा त्रास फैलिएको छ । तीनवटा मन्त्रालयनजिक मंगलबार बिहानै बम फेला परेको हो ।

आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय जाने बाटोको अगाडि बम फेला परेको छ । धनगढीस्थित मुख्य सडक नजिकै रहेका दुवै मन्त्रालय जाने बाटोमा कुकर बम जस्तै देखिने वस्तु फेला परेको हो । यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालय रहेको पार्कमोडमा पनि बम फेला परेको छ । त्यसै गरी सामाजिक मन्त्रालय नजिकै पनि पनि बम फेला परेको प्रहरीले जनाएको छ ।

त्यसै गरी कैलालीको घोडाघोडी नगरपालिकाको गाडीमा समेत अज्ञात समूहले आगजनी गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । प्रहरीका अनुसार नगरपालिकाको पार्किङ गरी राखिएको से१झ २४१ नम्बरको स्कारपियो गाडीमा आगजनी गरिएको हो ।

घोडाघोडी नगरपालिकाका उपप्रमुख प्रेमकुमारी थापाले प्रयोग गर्ने गाडीमा आगजनी गरिएकोे सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । आगलागीबाट गाडीको पछाडिपटिको भाग जलेको भने आगलागी कसले ग¥यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।