मूर्तिसहित दानपात्र चोरी


पाल्पा, (नेस)

पाल्पाको रम्भा गाउँपालिका–१ तीनधारेस्थित सामुदायिक जंगलभित्र रहेको रम्भादेवी मन्दिरमा रहेको मूर्तिसहित दानपात्र चोरी भएको छ ।

मन्दिरको मूलढोकाको ताला तोडी मूर्ति र दानपात्र चोरी भएको हो । चोरी भएको सूचनाका आधारमा प्रहरीले खोजबिन गरेपछि दानपात्र र मूर्ति भने फेला परेको छ । तर, चोरी गर्ने फरार रहेको प्रहरीको जनाएको छ ।

दानपात्र मन्दिर तल सकुशल फेला परेको र मूर्ति भने स्याङ्जा जिल्लाको गल्याङ् नगरपालिका–१, मालुङ्गामा देवी र गणेशको मूर्ति फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिनुभयो ।

चोरी भएको दानपत्र, मूर्तिहरू रम्भादेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर पछाइलाइ बुझाइएको पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिनुभयो ।