कम्युनिष्ट नेता बरमन बुढाको निधन

0
Shares

काठमाडौं । रोल्पाको थवाङ घर भएका पुराना कम्युनिष्ट नेता बरमन बुढाको निधन भएको छ ।  पाटन अस्पतालमा उपचारको क्रममा उनको बुधबार बिहान निधन भएको हो । उनी ९० वर्षका थिए ।

विगत एक वर्षदेखि उनको आन्द्राको क्यान्सरको उपचार हुँदै आएको थियो ।