पहिरोमा परी २ को मृत्यु, ३ जना घाइेते


दार्चुला, (नेस)

लगातार भइरहेको वर्षाले मालिकार्जुन गाउँपालिका–८ पस्ती (औडाखान) स्थित लक्ष्मी परियारको घरमाथि पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ भने ३ जना घाइेत भएका छन् । मृत्यु हुनेमा लेकम गाउँपालिका–५ पिड घर भएका २५ वर्षीय अर्जुन दर्जी र सोही ठाउँका ८ वर्षीय मिलन दर्जी रहेका छन् ।

मंगलबार बिहान घरमाथिबाट खसेको पहिरोमा पुरिएर उनीहरूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । सोही पहिरोमा परी ३ जना घाइेत भएका छन् । घाइते हुनेमा घरधनी लक्ष्मी परियार, उनका छोरा शुभम परियार, छोरी सोनिया परियार रहेका छन् । उनीहरूलाई घरभित्र च्यापिएको अवस्थामा प्रहरीले जीवितै उद्धार गरेको हो ।