पौडी खेल्ने क्रममा डुबेर मृत्यु


पर्वत (नेस)
पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । फलेबास नगरपालिका–९ भंगरास्थित कालोखोलामा पौडी खेल्ने क्रममा डुबेर २४ वर्षीय राजन पौडेल क्षत्रीको मृत्यु भएको हो ।

पौडेलको पौडी खेल्ने क्रममा कालोखोलामा डुबेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी विश्वराज अधिकारीले जानकारी दिनुभयो ।