अनलाइन होमवर्क नगर्ने किशोरी जेल


न्युयोर्क,(एजेन्सी)

गत मे महिनाको मध्य देखि आफ्नो बिद्यालयले दिएको अनलाइन गृहकार्य पूरा नगरेको कारण अमेरिकाको मिचिगनकाे कारगारमा थुनिएकी पन्ध्र वर्षीया काला जातिका किशोरीलाई घर फर्कने अनुमति नदिइने निर्णय सोमवार न्यायधिशले बताएका छन् । यस घटनालाई लिएर प्रतिकात्मक रुपमा प्रक्रियागत नश्लवादी कार्य भएको र काला बालबालिकाहरुको अपराधिकरण भइरहेको भन्दै जन आक्रोस फैलिरहेको छ ।

ओकल्यान्ड काउन्टि न्यायधिश मेरी एल्लेन ब्रेन्नानले आफ्नो निर्णय सुनाउने क्रममा ति किशोरीले बाल सुधार गृहमा घेरकै जस्तो व्यवहार र वातावरण पाइरहेको तर उनी अझै आफ्नी आमासंग बस्ने समय आइ नसकेको बताएकीछन् । साथै उनले यस मुद्धामाथि आगामी सेप्टेम्वरमा अर्को सुनवाइ हुने बताएकीछन् । उनले जन विरोध र आक्रोसको दवावमा आफुले निर्णय नबदल्ने पनि बताएकीछन् ।

तर ग्रेस नामकी ति किशोरीले आफुलाई आमाको यादले धेरै सताएकोले घर जान दिन याचना गर्दै आइन्दा आफु आज्ञाकारी हुने पनि बताएकीछन् । डेट्रोइटको उपनगरमा यस विषयलाई लिएर केहि दिन यता अभिभावक र बिद्यार्थीहरुले विारोध प्रदर्शन गर्दै आइरहेका छन् । तर मिचिगन सर्वोच्च अदालतले ग्रेसलाइृ हिरासतमा लिइनुका कारणहरु मथि पुनरावलोकन गरिने जनाएको छ । ग्रेसमाथि यस अघि पनि साथीको मोवाइल चोरेको अभियोग लागिसकेको बताइएको छ ।