एयरलाइन इन्डिगोले दस प्रतिशत कर्मचारी निकाल्ने


नयाँदिल्ली,(एजेन्सी)
भारतिय एयरलाइन इन्डिगोले कोभिड १९ महामारीको कारण उडानको माग धराशायी भएको कारण आएको आर्थिक मन्दिको कारण आफ्नो १० प्रतिशत कर्मचारी कटौति गर्ने भएको छ । गत महिना भारतको सबैभन्दा ठूलो एयरलाइन इन्डिगोले ४० अर्व भारु खर्च कटौति गनुपर्ने अवस्था आएको जनाएको छ । कोरोना भाइरसको कारण हवाई उडान रोकिएपछि विश्वभरिका सम्पूर्ण एयरलायन्स प्रभावित भएको छ ।

इन्डिगोका प्रमुख कार्यकारिणी अधिकारी रानोजोय दत्ताले लगानीकर्ताहरुलाई लेखिएको पत्रमा उल्लेख गरिएको छ , ‘ हाम्रो व्यापार संचालनलाई दिगो बनाउने हो भने केहि त्याग नगरिकन हाम्रो कम्पनीलाई आर्थिक आँधिसंग भिड्न असम्भव हुन्छ । ’

भारतले कडा लकडाउन लगाएपछि थुप्रै महिना यो एयरलाइन ग्राउन्डेड भएको हो । यस एयरलाइनका करिव २४ हजार र्कमचारी मध्ये अब २ हजार ४ सयले जागिर गुमाउने भएको छ । अहिले पनि यस एयरलाइनको शेयर बजार ४८ दशमलव ९ प्रतिशत रहेको छ । गत महिना अन्तर्राष्ट्रिय उडयन उद्योग निकायले कोरोना भाइरसको कारण सिर्जित हवाइ यात्राको मन्दिको कारण यस वर्ष एयरलाइनको ८४ अर्व अमेरिकी डलर भन्दा बढि घाटा हुने भविष्यवाणी गरिसकेको छ ।

२ सय ९० एयरलाइन सदस्य रहेको इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसियसन ( आइएटिए ) ले गत वर्षको तुलनामा ५० प्रतिशतले कम अर्थात ४ सय १९ अर्व डलर आम्दानी कम हुने जनाएको छ । गत साता मात्र ब्रिटिस एयरवेजले बोइंग ७४७ को सम्पूर्ण उडान रोक्ने घोषणा गरेको थियो ।