युवा अभियन्ताहरुबाट ११ सय बढीको नि:शुल्क स्वास्थ्य जाँच


रामधन राई,खोटाङ ।

कोरोना रोकथाम तथा नियन्त्रणमा जुटेका खोटाङका युवा अभियान्ताहरुलेएक हजार भन्दा बढि नागरिकको निःशुल्क स्वास्थ्य जाँच गराएको छ । कोरोना भाईरसको महामारी वढेसँगै क्रियाशील चार युवाको टोलीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बिभिन्न ठाँउमाएक जना स्वास्थ्यकर्मी सहित शिबिर सञ्चालन गरेर एक हजार १ सय २९ जना स्थानीय नागरिकहरुको स्वास्थ्य जाँच गरेको हो ।

‘युवा जागरण कोरोना नियन्त्रण अभियान’ नामवाट क्रियाशील युवाहरुलेनगरपालिकाको दोर्पाचिउरीडाँडा, जालपा, निर्मलीडाँडा, पाथेका, बुइपा लगायतका स्थानमा शिविर सञ्चालन गरेका थिए । अभियान्ताहरुले बुवालुङ, बाम्राङ, हुर्लुङ मुढे, खार्मी, नुनथला, खाल्ले र महुरेमा स्वास्थ्य सम्बन्धी सचेतनामुलक शिबिर सञ्चालन गरेको अभियानका व्यवस्थापक राजु आचार्यले जानकारी दिनुभयो ।

निःशुल्क स्वास्थ्य जाँचकाक्रममा स्थानीयलाई पाँच लाख ५० हजार बराबरको औषधि वितरण गरिएको व्यवस्थापक आचार्यले जानकारी दिनुभयो ।युवा जागरण कोरोना नियन्त्रण अभियानले व्यक्ती तथा संस्थाबाट सहयोग उठाएर कोरोना विरुद्दको सचेतनामुलक अभियान चलाएको जनाएको हो ।

५२ व्यक्ती र पाँच संस्थाबाट प्राप्त भएको ९ लाख ८१ हजार रकमबाट १० हजार थान मास्क, ३० थान एन नाइन्टीफाईभ मास्क, सय एमएलको २ सय ८७ वटा ह्याण्ड सेनीटाइजर, पाँच सय एमएलको ५३ वटा ह्याण्ड सेनीटाइजर वितरण गरिएको व्यवस्थापक आचार्यले जानकारी दिनुभयो ।

यस्तै, २ थान थर्मल गन, १ हजार १ सय ९३ वटा सावुन, सय थान सर्जिकल पञ्जा, एक हजार २ सय २३ थान टप्स ग्लोव्स, १२ थान हेयर क्याप र २७ काटुन प्रशोधिन पानी वितरण गरिएको जनाइएको छ । कोरोनाको रोकथाम तथा नियन्त्रणमा सघाउ पु¥याउने लक्ष्यका साथ युवा जागरण कोरोना नियन्त्रण अभियानले गत जेठ ११ गतेदेखि नगरपालिकामा सचेतनामुलक गतिविधि सञ्चालन सुरु गरेको जनाएको छ ।

युवा जागरण कोरोना नियन्त्रण अभियानले लकडाउनको मारमा परेका स्थानीयलाई एक हजार चार सय केजी चामल, पाँच सय केजी दाल र २४ कार्टुन चाउचाउ प्रदान गरेको जानकारी दिएको छ । अभियानकाक्रममा कुल ११ लाख ९४ हजाहर ९ सय ४७ रुपैयाँ खर्च भएकामा अझै ३ लाख ४० हजार रकम अपुग भएको अभियानका संयोजक कविराज रिजालको भनाई छ ।

सामान्य स्वास्थ्य जाँचका साथै विदेशबाट आएका स्थानीयलाई क्वारेन्टीनमा पु¥याउन समेत सहयोग गरेको संयोजक रिजालले जनाउनुभयो ।
युवा जागरण कोरोना नियन्त्रण अभियानमा रिजाल, आचार्य, डाक्टर जनार्दन खकुरेल, पेम्बा तामाङ र सुरेस दाहाल सक्रिय छन् ।