प्रदर्शनकारीलाई दम्पतीले बन्दुक तेर्स्याएपछि…

0
Shares

वासिंगटन,(एजेन्सी)

अमेरिकाको एक दम्पतीलाई मिसौरीको सेन्ट लुइस स्थित आफ्नो घर बाहिर प्रदर्शनकारीहरु माथि हतियारको गैरकानुनी प्रयोग गर्दै बन्दुक तेर्साएको अभियोग लगाइएको छ । गत महिना आफ्नो ११ लाख ५० हजार डलर मुल्य पर्ने निवास परिसर हुँदै जातिय न्यायको माग गर्दै मार्च गरिरेहका प्रदर्शनकारी माथि पेशाले दुवै वकिल मार्क र प्याट्रिसिया म्याकक्लेस्कीले सो व्यवहार देखाएका थिए ।

तर यस दम्पतिले आफुहरुलाई खतराको महशुस भएकाले हतियार उठाउनु परेको स्पष्टिकरण दिएका छन् । सेन्ट लुइसको काला जातिका पहिलो वरिष्ठ वकिल किम गार्डनरले भनेका छन् , ‘ तिनीहरुको यस कार्यबाट शान्तिपूर्ण प्रदर्शनमा हिंसा सिर्जना गर्ने खतरा देखिएको छ । हिंसारहित प्रदर्शन ताकेर बन्दुक तेर्साउनु अवैधानिक हो ।

यसले अप्रिय घटनाको रुप नलिनु नै ठूलो कुरा भएको छ । यस प्रकारको आचरण सेन्ट लुइसमा स्विकार्य छैन । शान्तिपुर्ण प्रदशन गर्न पाउने मानव अधिकार हो । त्यसमाथिको हस्तक्षेप सह्य हुनेछैन । ’ यस दम्पतिलाई त्यहाँको प्रचलित कानुन अनुसार कारवाह्ी हुने भएको छ ।