आज राती १२ बजेबाट लकडाउन अन्त्य

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

सरकारले लकडाउन आज राती १२ बजेदेखि अन्त्य गर्ने निर्णय गरको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा आज मध्यरातदेखि लकडाउन पूर्णरुपमा अन्त्यगर्ने निर्णय भएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।

यसअघि सरकारले भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय र आन्तरिक उडान समेत खोल्ने निर्णय गरिसकेकोछ। यद्यपी अन्तर्राष्ट्रिय सीमा भने साउन ३२ गतेसम्मलाई स्थगित गर्ने निर्णय भएको छ। नेपालमा कोरोनाको जोखिम बढेको भन्दै चैत्र ११ गतेदेखि देशभर लकडाउन जारीगरिएकोथियो ।