सडकमा उभिएर प्रहरीको प्रश्न तपाईंको मास्क खोइ ?

0
Shares

न्युज अफ नेपाल,हेटौंडा ।

कोरोना भाइरस (कोभिड–१९) को बढ्दो संक्रमण भए पनि सर्वसाधारणले मास्कको प्रयोग गर्न छाडेकोमा चिन्तित हुँदै प्रहरीले मंगलबार हेटौंडाको सडकमा उभिएर प्रश्न गरेको छ– तपाईंको मास्क खोइ ?जनचेतनामूलक कार्यक्रमअन्तर्गत् प्रहरीले स्थानीयको सहभागितामा यस्तो प्रश्नसहित सचेत गराएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको आयोजनामा जिल्ला प्रहरी कार्यालय परिसरबाट सामाजिक दुरी कायम राख्दै भएको ¥यालीका सहभागीले राप्तीरोड हुँदै मुख्य बजार बुद्धचोकमा पुगेर मास्क नलगाएकालाई मास्क बितरण गर्दै अनिवार्यरुपमा मास्क प्रयोग गर्न आग्रह गरेको थियो । प्रहरीले अनाबश्यकरुपमा भिड नगर्न, सामाजिक दुरी कायम गर्न र कोरोना हटाउन सामूहिकरुपमा लाग्न आग्रहसहिते प्लेकार्ड बोकेका थिए ।