कालीगण्डकीकको बाढीले राममन्दिरका संरचनासहित धर्मशाला बगायो,साधु सन्तलाई गलेश्वर सारियो

0
Shares

न्युज अफ नेपाल,पर्वत।

कालीगण्डकी नदीमा आएको भीषण बाढीले कालीगण्डकी र रघुगंगा नदीको दोभानमा रहेको प्रसिद्ध राममन्दिरमा क्षति पु¥याएको छ ।
पर्वतको जलजला गाउपालिका–२ मा रहेको धार्मिक स्थल राममन्दिरको धर्मशाला सहितका संरचनाहरु बाढीले कटान गरेर बगाएको छ ।
बाढीले कटान गरेर मन्दिरको गौशाला,धर्मशाला र १०० ग्राम तौल भएको शालीग्राम शिलाको स्तम्भ बगाएको वडा अध्यक्ष गोबिन्द केसीले जानकारी दिनुभयो ।

अहिले पनि कटान निरन्तर छ । मन्दिर, पुजारी निवास र गलेश्वर देखि राममन्दिर जोड्ने झोलुङ्गे पुल जोखिममा परेको छ । राष्ट्रिय परोपकार महासंघद्धारा संरक्षित राममन्दिर क्षेत्रमा करोडौ सहयोग जुटाएर निर्माण गरिएका भौतिक संरचना बाढीले क्षति पु¥याएको उहाँले बताउनुभयो ।गौशाला र धर्मशाला भत्किएपछि साधु सन्तलाई म्याग्दी तर्फ रहेको गलेश्वर आश्रममा लगिएको छ ।

राममन्दिरमा नियमित रुपमा ८ जना साधु सन्त बस्दै आएका थिए भने आगन्तुकको रुपमा मुक्तिनाथ आवतजावत गर्ने साधु सन्त पनि बसोबास गर्दै आएका छन । साधुसन्त र गाईलाई गलेश्वर आश्रममा सारिएको जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो । ‘तत्कालका लागि गलेश्वर आश्रममा राखिएको छ ।’ पालिकाको तर्फबाट केही राहत पनि दिने काम गरेका छौ ।

बाढी र कटानले क्षतिग्रस्त मन्दिर क्षेत्रको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल(रामकृष्ण) सहितको टोलीले मंगलबार बिहान अवलोकन गरेको थियो । अध्यक्ष मल्लले पालिकाको तर्फबाट साधु सन्तहरुलाई राहत समेत दिनुभयो । उहाँले नदीको बहाब घटेपछि संरक्षणका कामहरु गरिने आश्वासन दिनुभएको थियो ।

मन्दिर क्षेत्रलाई संरक्षण गर्नका लागि दिर्घकालिन गुरुयोजना बनाएर अघि जाने उहाँले बताउनुभयो । ‘संघीय र प्रदेश सरकार संग पनि सहयोग जुटाएर संरक्षण गर्ने योजना बनाएका छौ।’ उहाँले भन्नुभयो