३८ औ स्मृति दिवसको अवसरमा विपी बाटीकामा बृक्षरोपण


बासुदेव शर्मा,जाजरकोट ।

महामानव बिश्षेश्वर प्रसाद कोईरालाको ३८ औ स्मृति दिवसको अवरमा नेपाल विद्यार्थी संघ जाजरकोटले सदरमुकाम स्थित विपी बाटीकामा बृक्षरोपण गरेको छ । भेरी नगरपालिका ४ विपी बाटिकामा ३ सय भन्दा वढी अमला, कोईराल, सिसै, इपिलिपी बकाईनो लगाएतका विरुवा रोपेको नेपाल विद्यार्थी संघ जाजरकोटले अध्यक्ष ललित बस्नेतले वताउनु भयो ।

बृक्षरोपण कार्यक्रममा नेपाली काग्रेसका नेता बेदराज सिह, महासमिति सदस्य मुक्ति प्रसाद आचार्य,पार्टी सचिव भुमिलाल रोकाया, कोषाध्यक्ष तेज विक्रम शाह, सह सचिव धनसरा सिह, लगाएतका जिल्ला स्तरिय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

बर्षेनी सयौको संख्यामा बृक्षरोपण गर्ने तर संरक्षण हुन नसकेकोले विरुवा संरक्षणको लागी बिपी बाटिका क्षेत्रभेरी नगरपालिका ४ भित्र पर्ने भएकोले यस वडाका वडा अध्यक्ष खम्व जंग शाहलाई विरुवा संरक्षणको लागी विशेष पहल गरि बाटिकालाई हराभरा वनाउन आग्रह गर्नु भयो ।

उहाँलाई साथ र सहयोग दिएर बिपी बाटिकाको स्वरुप परिवर्तन गर्न सवै काग्रेस कार्यकर्ताको महत्वपुर्ण भुमिका भएकोले सवैले विरुवा संरक्षणमा लाग्न अनुरोध गर्नु भयो ।राणा शासनको अन्त्य गरि प्रजातन्त्रको उदय गर्न सफल महामानव कोईरालाले दिएको आदर्श र सिद्धान्त प्रति सवै नेता कार्यकर्ता एक जुट भएर कम्युनिष्ट अधिनायकबादका विरुद्ध चल्ने प्रेरणा मिलोस भन्दै नेपाल विद्यार्थी संघका अध्यक्ष बस्नेतले शुभकामना ब्यक्त गर्दै बृक्षरोपण शुभारम्भ गर्नु भएको थियो ।