अपाङ्गता भएकी बालिकालाई बलात्कार आरोपमा


न्युज अफ नेपाल,पर्वत ।

अपाङ्गता भएकी १६ बर्षिया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले १२ बर्ष र १४ बर्ष उमेरका दुई बालकलाई नियन्त्रणमा लिएको छ । अपाङ्गताको फाइदा उठाउँदै बालिकालाई जबर्जस्ती करणी गरेको पिडित बालिकाका आफन्तहरुले प्रहरीलाई जानकारी दिएपछि साउन १ गते दुई बालकलाई पक्राउ गरेको हो ।

पक्राउ पश्चात् स्वास्थ्य परिक्षणका क्रममा पिडित बालिका ४ महिने गर्भवती भएको खुलेको छ । मानसिक रुपमा अपाङ्गता रहेकी बालिका अहिले परिवारकै आफन्तहरुको संरक्षणमा रहेकी छिन् भने आरोपित दुई बालकहरुलाई जिल्ला प्रहरी कार्यालय पर्वतले करणी कसुरमा जबर्जस्ती करणी अन्तर्गत ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।

गत असार महिनामा बालिकालाई जबजस्ती करणी गर्न खोजेको बालिकाकी आमाले देखेपछि तिनै बालकहरुलाई लखेटेकी थिइन् । तत्पश्चात् छोरी विरामी पर्दै गएपछि आमाले गाउँमा अन्य व्यक्तिहरुलाई खबर गरेपछि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो ।