वीर गणेशमान सिंह स्मृति बक्सिङ रद्द


न्युज अफ नेपाल,काठमाडौं ।

वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगिता रद्द गरिएको गणेशमान सिंह फाउन्डेसन खेलकुद विभागले विज्ञप्तिमार्फत् जानकारी गराएको छ । प्रतियोगिता गत चैत १८ गतेदेखि २२ गतेसम्म काठमाडौंमा आयोजना हुनुपर्ने थियो ।

कोरोनाभाइरसको महामारीलगायतका प्रतिकूलता र राष्ट्रिय खेलकुद परिषदले आर्थिक वर्ष समाप्त भएकोले प्रतियोगिताको नाममा निकासा भएको रकम फिर्ता गर्न ताकेता गरेकोले प्रतियोगित रद्द गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा स्व. गणेशमान सिंहको स्मृतिमा गणेशमान फाउन्डेसनले प्रतियोगिता आयोजना गर्दै आएको थियो ।

प्रदेश १ को छनोट प्रतियोगिता गत फागुन १५ देखि १७ सम्म विराटनगर, प्रदेश २ र बागमती प्रदेशको छनोट फागुन २० देखि २२ सम्म काठमाडौमा आयोजना भएको थियो । प्रतियोगिताको हरेक समूहका विजेताले २५ हजार,दोस्रो हुनेले १५ हजार र तेस्रो हुने खेलाडीले ७ हजार ५सय नगद पुरस्कार प्राप्त गर्ने योजना थियो ।