चिनियाँ ठेकेदारको गाडीसहित बाढीले दुईवटा पुल बगायो


दिलकुमार लिम्बू,ताप्लेजुङ ।

भिषण बर्षापछि तमोर नदीमा आएको बाढीले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा सोबार रादि चिनियाँ ठेकेदारको गाडी सगै दुईवटा पुल बगाएको छ । टिप्ताला भन्ज्याङदेखि सदरमुकाम फुङलिङसम्म सडक निर्माणका क्रममा चिनियाँ ठेकेदारले उक्त गाडीमा एक्स्काभेटरलगायत सामग्री ल्याएका थिए ।

तर सडक अवरुद्ध भएपछि गाडी त्यहीँ छाडेर चिनियाँ ठेकेदादाको चीनमा गएका थिए । बाढीले पगाए पछि गाडी कामै नदिने अवस्थामा पुगेको फक्ताङलुङ गाउँपालिका ७ का वडा अध्यक्षले जानकारी दिनु भयो ।

उक्त पक्की पुल गत वर्ष मात्रै १२ लाख रुपैयाँमा बनाइएको थियो । मिक्वाखोला–५ पापुङ जाने काठको पुल भने दुई वर्षअघि २ लाख रुपैयाँमा बनाइएको वडा कार्यालयका कर्मचारी तेन्जिङ वालुङले बताए ।तमोरको उद्गमस्थलमा पोखरी फुटेर बाढी आएको अनुमान गरिएको वडाध्यक्ष शेर्पाले बताए । उनका अनुसार पानी पर्ने क्रम नरोकिएको र बाढी पनि नघटेकाले स्थानीय बाहिर निस्किएका छैनन् ।