जासुसी गरेको आरोपमा फाँसी


एजेन्सी ।

अमेरिकी र इजरायली गुप्तचर एजेन्सीको जासुसी गरेको आरोपमा एक इरानी मानिसलाई फाँसी दिइएको छ। २०१८ मे मा जासुसी आरोपमा पक्राउ गरिएको उनलाई सोमबार फाँसी दिइएको इरानको आधिकारिक आईआरआईबी समाचार एजेन्सीले जनाएको छ ।

महमद मौसावी–माजद नाम गरेका ती व्यक्तिले कमाण्डर कासिम सुलेमानीको जासुसी गरेका थिए। अदालतले आफ्नो फैसलामा स्पष्ट भनेको छ- ‘बर्षको शुरुमा सुलेमानीको हत्यामा उनको कुनै हात छैन।’ तर उनले पहिले अमेरिका र इजरायली खुफिया एजेन्सीहरूलाई सुलेमानी सम्बन्धी जानकारी दिएको आरोप अदालतले लगाउँदै फाँसी दिएको अन्र्तराष्टिय सन्चार माध्यमले जनाएका छन ।

जनवरी ३ मा इराकमा अमेरिकी ड्रोन हमलामा क्रान्तिकारी गार्ड क्वाड्रन्ट फोर्सका नेता सुलेमानीको हत्या भएको थियो। वाशिंगटनले इरान गठबन्धनका आतङ्कवादीलाई उक्त क्षेत्रमा अमेरिकी सेनामा भएको आक्रमणमा सुलेमानीलाई मास्टरमाइन्ड भएको आरोप लगाएको बताइएको छ। इरानका लाखौं व्यक्तिले सोशल मीडियामा मृत्युदण्डको विरोध गरिरहेको बेला महमुद मुसावी–मजदलाई फाँसी दिइएको छ।