गान्धीलाई मारेको आरोपमा जेलमा रहेकी नलिनीद्वारा आत्महत्याको प्रयास


एजेन्सी ।

स्वर्गीय प्रधानमन्त्री राजीव गान्धीको हत्यामा दोषी ठहरिएका नलिनी श्रीहरनले सोमबार रात आत्महत्या गर्ने प्रयास गरेकी छन। नलिनी विगत २ बर्षदेखि तमिलनाडुको भेल्लोर जेलमा रहेकी छिन्।

उनका वकील पुग्लेन्थीका अनुसार उनले आत्महत्या गर्ने प्रयास गरेका छिन्। उनका वकिल पुगलेन्तीका अनुसार विगत २ बर्षदेखि जेलमा रहेकी नलिनीले चालेको कदम पहिलो पटक हो। नलिनी र एक अर्को अपराधीबीच झगडा भएको वकिल पुगलन्थीले बताएका हुन।

पुग्लेन्थीले राजीव गान्धीको हत्याको आरोपमा जेलमा रहेका नलिनीका पति मुरुगनले जेलबाट वकिललाई बोलाएर नलिनीलाई भेल्लोर जेलबाट पुजल जेलमा सार्न अनुरोध गरेका छन।