बाढीले पोल बगाउँदा विद्युत वितरण ठप्प 


न्युज अफ नेपाल, काठमाडौँ ।

लगातार परेको अविरल वर्षाका कारण कालीगण्डकीको बहाव परिवर्तन हुँदा तातोपानी को टेलरेस लगायत १०० केभीको ट्रान्सर्फमर बगाएको छ ।

बिजुली वितरणको पोल बगाएसँगै विद्युत उत्पादन र वितरण सबै सेवा बन्द भएको छ । पानी बस्तीमा समेत पस्न थालेपछि स्थानीयहरु घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छनु । निरन्तर वर्षाका काराण सबैविजुली वितरणको काम ठप्प भएको तातोपानी वितरण केन्द्रले जनाएको छ ।

यसका साथै सबै स्थानीयलाई सुरक्षित रहन आग्रह गरीएको छ ।