पस्ती पहिरो अपडेट : २ को मृत्यु, ३ घाइते


न्युज अफ नेपाल, दार्चुला ।

लगातार भइरहेको वर्षाले मालिकार्जुन गाउँपालिका–८ पस्ती (औडाखान) स्थित लक्ष्मी परियारको घरमाथी पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लेकम गाउँपालिका–५ पिड घर भएका २५ वर्षिय अर्जुन दर्जी र सोही ठाउँका १८ वर्षिय मिलन दर्जी रहेका छन् ।

आज विहाज करिव ३ बजेतिर घरमाथीबाट खसेको पहिरोमा पुरिएर उनिहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । सोही पहिरोमा परी ३ जना घाइेत भएका छन् । घाइते हुनेहरुमा घरधनी लक्ष्मी परियार, उनका ९ वर्षिय छोरा शुभम परियार, १२ वर्षिय छोरी सोनिया परियार रहेका छन् । उनिहरुलाई घर भित्र च्यापिएको अवस्थामा प्रहरीले जिवितै उद्दार गरेको हो ।

घाइतेहरु उपचारका बाहिरी जिल्ला लग्न हेलिकप्टरको लागी पहल भईरहेको गाउँपालिकाका अध्यक्ष नरेन्द्र सिंह धामीले बताउनुभयो । मृतक दुवै जना दिदि लक्ष्मी परियारको घरमा लामो समय देखी सिलाई पेशा गर्दै आइरहेका थिए ।