घरमाथि पहिरो खस्दा लेकम गाउँपालिकाका दुई जना बेपत्ता


न्युज अफ नेपाल, दार्चुला ।

लगातार भइरहेको वर्षाले मालिकार्जुन गाउँपालिका–८ पस्ती (औडाखान) स्थित लक्ष्मी ढोलीको घरमाथी पहिरो खस्दा दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । लेकम गाउँपालिका घरभई दिदि भेट्न पस्ती पुगेका अर्जुन दर्जी र मिलन दर्जी सम्पर्कमा नरहेको प्रहरी निरिक्षक एवं सुचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।

पहिरोमा परी घाइते ३५ वर्षिय लक्ष्मी ढोली वर्ष ९ का छोरा शुभम परियार, वर्ष १२ की छोरी सोनिया परियारलाई घर भित्र च्यापिएको अवस्थामा प्रहरीले जिवितै उद्दार गरेको उहाले बताउनुभयो । घाइतेहरुलाई उपचारका लागी पस्ती स्वास्थ्य चौकीमा पठाएको उहाले बताउनुभयो । घट्ना घटेको खबर पाउना गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामी, स्थानिय, प्रहरी चौकी पस्ती तथा प्रहरी चौकी दत्तुबाट खटिएको प्रहरी टोलीले उद्दार गरीरहेका छन् ।

पहिरोले गरेको क्षतिको थप विवरण आउन बाकी रहेको उहाले बताउनुभयो ।