टोटनहामको जितले लेस्टरलाई अप्ठ्यारो


लन्डन, (एजेन्सी)
प्रिमियर लिगअन्तर्गत टोटनहामविरुद्धको खेल हारेपछि लेस्टर सिटीका लागि अप्ठ्यारो स्थिति सिर्जना भएको छ।

खेल शुरुआतकै छैठों मिनेटमा आत्मघाती गोलले पछि परेको लेस्टरलाई हेरी केनले छिट्टै दुई गोल गरेर पीडा थपिदिए। पहिलो हाफमा ३–० ले पछि पर्नु नै लेस्टरका लागि हारको सामना गर्नुपरेको हो। दोस्रो हाफमा कुनै गोल नहुँदा टोटनहामले यो खेल सहजै जित हात पा¥यो।

लेस्टरका बोस ब्रेन्डन रोजर्सले युरोपेली स्थान लक्ष्य भएको बताएका थिए। तर, हारले लेस्टरका लागि शीर्ष चारमा सिजन सकाउने चुनौती कठिन बनेको छ। उनीहरूसँग एक खेल मात्रै बचेको छ। लेस्टर र म्यानचेस्टर युनाइटेडको समान ६२ अंक छ। लेस्टर चौथो स्थानमा रहे पनि पाँचौं स्थानमा रहेको युनाइटेडको हातमा २ खेल रहेको छ।

तेस्रो स्थानमा रहेको चेल्सीले बाँकी दुई खेल हारेमा भने यी दुवै टोलीले च्याम्पियन्स लिग स्थान हासिल गर्नेछन्। यसका लागि यी दुवै टोलीले बाँकी खेलहरू जित्नुपर्ने हुन्छ। यदि, चेल्सीले एक खेल मात्रै जितेमा यी दुवैमध्ये एकका लागि चौथो स्थान प्राप्त हुनेछ।

उता जितले टोटनहामको अर्को सिजनमा हुने युरोपा लिग खेल्ने सम्भावना बढेको छ। जेम्स जस्टिनको आत्मघाती गोलबाट शुरू भएको खेलमा केनले दुई गोलको योगदान दिए। उनले यसअघिको खेलमा पनि दुई गोल गरेका थिए।

जोजे माउरिन्होको टोली टोटनहाम अंक तालिकाको छैठौं स्थानमा उक्लिएको छ। वोल्भसभन्दा २ अंकले मात्रै माथि रहेको टोलीले यस सिजनको लिगमा एक खेल मात्रै हातमा छ। ज्बकि, नुनो एस्पिरिटो सान्टोको टोली वोल्भसले दुई खेल खेल्न बाँकी छ।

माउरिन्हो आएदेखि टोटनहामले प्रगति गर्न थालेको हो। यसअघि लिगको १४औं स्थानमा रहेको टोलीलाई माउरिन्होले सम्हालेपछि छैठौं स्थानसम्म पु¥याएका छन्। माउरिन्हो आउनुअघि टोलीले १२ लिग खेलमा ३ मा जित मात्रै हात पारेको थियो।

बर्नमाउथ लगभग रेलिगेसनमा
साउथाम्पटनसँग २–० ले हारेपछि बर्नमाउथ प्रिमियर लिगबाट रेलिगेसनमा पर्ने लगभग तय भएको छ। ३७ खेलबाट ३१ अंक जोडेको बर्नमाउथले अन्तिम खेल जितेमा पनि ३४ अंक हुनेछ। तर, वाटफोर्डले दुई खेलबाट एक अंक मात्रै जोडे पनि बर्नमाउथका लागि रेलिगेसनबाहेक अन्य विकल्प रहने छैन।

त्यसको तय मंगलबार वाटफोर्ड र म्यानचेस्टर सिटीबीचको खेलको नतिजाबाट हुन पनि सक्नेछ। बर्नमाउथले अन्तिम चरणको खेलमा आइतबार एभर्टनस“ग खेल्दै छ।