बेचबिखनमा परेका ४१ महिलाको उद्धार


काठमाडौं, (नेस)
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले ४२ जनालाई नियन्त्रणमा लिएको छ । नेपालमा कोरोना महामारी शुरु भएपछि सरकारले लागू गरेको लकडाउनका बेला नेपाल तथा भारतको विभिन्न स्थानबाट बेचबिखन गर्न लगेका ती ४२ ब्युरोले नियन्त्रणमा लिएको हो ।

ब्युरोले गत चैत २६ गते शिवरात्रिका दिन काभ्रे पनौतीकी १३ वर्षीया बालिकालाई जन्मदिन मनाइदिने भन्दै भारतको ओसानमा लगेर बिक्री गर्ने इशा श्रेष्ठलगायत दुई जनालाई पक्राउ गरी कारबाही अगाडि बढाएको छ ।

त्यस्तै लकडाउनकै बेला असार १७ गते भारतबाट तेस्रो मुलुक कुवेत, इराक र साउदीमा काम लगाइदिने भन्दै काठमाडौं, पोखरा, बुटवल, दाङ हुँदै नेपालगन्ज नाकाबाट भारतको नयाँदिल्लीस्थित बुरारी जोरदामा एउटा घरमा बन्धक बनाइराखेको अवस्थामा ब्युरोको समन्वयमा नेपाली देशभक्त आवाज र शान्ति पुनस्थापना केन्द्रको सहयोगमा ६ जना महिलालाई उद्धार गरेको थियो ।

त्यसै गरी भारतको मनिपुरबाट २१ जना नेपाली युवतीलाई विभिन्न स्थानमा काममा लैजाने भन्दै बेचबिखन गर्न लान लागेको सुराकी पाएपछि उद्धार गरेको ब्युरोले जनाएको छ । सोही समयमा नेपालमा नै आन्तरिक रुपमा बेचबिखनमा परेका १३ महिलाको उद्धार गरी पुनस्थापना गरेको पनि ब्युरोले जनाएको छ ।

नवलपरासीमा २, कैलालीमा २, सुनसरीमा २, कास्कीमा २, चितवनमा २, मकवानपुरमा १, बर्दियामा १ र बाँकेमा १ जना गरी १३ जना बेचबिखन पीडितको उद्धार गरेको पनि ब्युरोले जनाएको छ ।