रम्भादेवी मन्दिरको मूर्तिसहित दानपात्र चोरी

0
Shares

न्युज अफ नेपाल, पाल्पा ।

पाल्पाको रम्भादेवी मन्दिरमा रहेको मुर्ति सहित दानपात्र चोरी भएको छ ।

रम्भा गाउँपालिकामा रहेको रम्भादेवीको दानपात्र, मु्र्ति चोरी भएको छ । रम्भाको वडा नं. १ स्थित तीनधारे सामुदायिक जंगलभित्र रहेको रम्भादेवी मन्दिरभित्र रहेको दुर्गाको र गणेशको मुर्ति सहित दानपात्र चोरिएको हो ।

मन्दिरको मूलढोकाको ताला तोडी मुर्ति र दानपात्र चोरी भएको हो । चोरी भएको सूचनाका आधारमा प्रहरीले खोजविन गरेपछि दानपात्र र मुर्ति भने फेला परेको छ । तर चोरी गर्ने फरार रहेको प्रहरीको भनाइ छ ।

दानपात्र मन्दिर तल सकुशल फेला परेको र मूर्ति भने स्याङ्जा जिल्लाको गल्याङ् नगरपालिका १, मालुङ्गामा देवी र गणेशको मूर्ति फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिनुभयो ।

चोरी भएको दानपत्र, मूर्तिहरू रम्भादेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर पछाइलाइ बुझाइएको पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिनुभयो । मूर्ति र दानबाकस कसले चोरेको हो भन्ने बारेमा भने अनुसन्धान भइरहेको र संलग्नको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।