पाल्पाका विभिन्न स्थानमा पहिरो, सडक अवरुद्ध


कविराज नेपाल, पाल्पा ।

लगातारको वर्षाका कारण पाल्पा जिल्ला दर्जनौ स्थानमा पहिरो गइ सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरिक्षक मदन गिरीका अनुसार तानसेन बुटवल सडकको गौडे पुल ,पौथे डाडा, सिद्ध बाबा, नाग मन्दिर लगायत स्थानहरुमा पहिरोले बाटो अबरुद्ध भएको छ ।

यसै गरी सिद्धार्थ राजमार्ग अन्र्तगत नै पर्ने झुम्सा, चर्चरे, कालीमाटी, लगायतका स्थानमा पहिरो गएको छ । उता सिद्धार्थ राजमार्गको दोभान बजार नजिक पहिरो गएको हुनाले त्यहाका आधा दर्जन वढी घर जोखिममा परेका छन । त्यसै गरी सिद्धबाबा मन्दिरको तल्लो भागका रहेको धर्मशाला, मन्दिरको छेउमै ढुंगा थुपारेका कारण जोखिम वढेको वताइएको छ । पहिरोका कारण मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

त्यसै गरी तानसेन रिडि सडक को भैरबस्थान नजिक रुख लडेर बाटो अवरोध भएको र तानसेन रानिमहल सडक पनि पहिरोले अबरुद्ध भएको उहाले वताउनु भयो । त्यस्तै जिल्लामा विभिन्न ग्रामीण सडकमा पनि क्षति पुगेको र दर्जनौ स्थानमा यातायात अवरुद्ध भइ सडक सम्पर्क टुटेको छ ।

यस अघि जिल्ला प्रहरी कार्यालय, पाल्पाले पाल्पा बुटवल सडकमा बेलुकी ८ देखि बिहान ६ बजे सम्म यात्रा गर्न रोक लगाउँदै जिल्ला प्रहरी कार्यालय पाल्पाले अत्यावश्यक काम बाहेक यो बाटोमा यात्रा नगर्न पनि अपिल गरेको छ । जुन सुकै बेला जहापनि पहिरो पहिरो खस्ने भएकाले सावधानी पनाउन आग्रह गरिएको हो । लगातारको वर्षाले पाल्पामा जनजीवन प्रभावित बनेको छ । सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

राजमार्ग सुचारु गर्न र खसेका पहिरो पन्छाउन दिनभर लाग्न सक्ने प्रहरीको अनुमान छ ।