विवादमा पशुपति क्षेत्र विकास कोष


 जनादेश, काठमाडौँ ।

पशुपति क्षेत्र विकास कोषले विकासको लागि ल्याइएको गुरुयोजनाबारे स्थानीय तह र नागरिकलाई जानकारी नगराउदा विवाद बढेको छ ।

कोषले यसअघिका कयौँ योजनाहरु पनि सम्पन्न नगरेको बताउँदै स्थानीयले विरोध गरेका हुन् । कोषले हालसम्म गुरुयोजना अनुसार काम गर्न सकेको छैन । यस्तै, स्थानीयसँग समन्वयन समेत नगरी गुरुयोजना स्वीकृत बिना नै पूर्वाधार बनाउन थालेपछि स्थानीय आक्रोशित भएका हुन् । कोषले आइतबार गरेको एक कार्यक्रममा समेत खारेजीको माग गर्दै विरोध भएको थियो ।

स्थानीयले योजना अनुसारको विपरीत काम भएको बताउँदै लामो समयदेखि कोष खारेजीको माग गरेका छन् ।