सप्तकोसी नदीमा पानीको बहाव यसै वर्षकै उच्च, ४८ ढोका खोलियो

0
Shares

जनादेश, काठमाडौं ।

सप्तकोसी नदीमा पानीको बहाव यसै वर्षकै उच्च भएको छ ।

मंगलबार बिहानको मापन अनुसार कोसी ब्यारेज भएर ३ लाख २९ हजार ३ सय ८० क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ । पानीको बहाब उच्च भएपछि ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खोलिएको छ ।

बहावले खतराको सतह पार गरेपछि तटीय क्षेत्रमा रहेका बस्तीमा सर्तक रहन आग्रह गरिएको छ ।