वास्तविक पन्छि जस्तै उड्ने यान्त्रिक पन्छि


वर्लिन,(एजेन्सी)
जर्मन इन्जिनियरींग कम्पनी फेस्टोले अचम्मसँग वास्तविक उडान भर्न सक्ने यन्त्र पन्छि तयार पारेको छ । यस कम्पनीले अहिले सम्म रोबोटिक बर्डको व्यावसायिक प्रयोजन नभएको तर भविष्यमा त्यस्ता प्रयोजन भेटिन सक्ने पनि जनाएको छ ।

यस यन्त्र पन्कि कसरी उड्छ भन्नेबारे एक रोचक भिडियो नै तयार गरिएको छ ।
त्यसमा यस्ता पन्छिहरु इन्डोर मार्गमा प्रोगाम गरिए अनुसार उडेको देखाइएको छ । यसअघि विभिन्न निकै सानो आकारका रोवोट बनाइसकेका फेस्टोले पहिलोचोटि पखेटा फटफटाउँदै हावामा कावा खाने रोवोटिक पनिछ बनाएको हो । अल्ट्रा–लाइटवेट क्रितिम प्वाँख राखिएका यस अर्को पिंढिको रोवोटलाई औपचारिक रुपमा ‘ बायोनिक स्विफ्ट ’ नाम दिइएको छ ।

यसको वजन मात्र ४२ गम रहेको छ । अर्थात नौ वटा यस्ता पन्छिको कूल वजन एउटा सफ्ट ड्रिंकको क्यान वरावर मात्र हुन्छ । यि पन्छि र वास्तविक पन्छिको उडानको गति समान बनाउन सकनु नै फेस्टोको अर्को ठूलो सफलता मान्नुपर्छ ।