ट्रम्पले चुनावी र्याली रोके


वासिंगटन (एजेन्सी)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिलेका लागि चुनावी र्याली रोकेको छ । यी र्यालीको सट्टा मतदातासँग टेलिफोनका माध्यमबाट सम्पर्कमा रहने उनले बताए ।

यसलाई टेलिफोनिक र्याली वा टेली र्याली नाम दिइएको छ । कोरोना संक्रमण बढ्ने र चौतर्फी आलोचना आएपछि ट्रम्पले उक्त फैसला लिएको हो । उनले लगातार महामारी रोकथामका लागि विश्व स्वास्थ्य संगठनका प्रोटोकल तोडिरहेको छ । तर पछिल्ला समयामा ट्रम्प आफनो अडानबाट पछाडी हट्दै मास्क लगाउन थालेका छन् ।

ट्रम्पले विस्कोन्सिनको टेलीको आफ्नो पहिलो र्यालीमा भने ( म तपाईहरुको साथमा रहन चाहन्छु । हामी खोप बनाउन र उपचार खोज्ने दिशामा धरै राम्रो गरिरहेका छौं । तर जबसम्म यो समस्या हल हुँदैन, ठुलो संख्यामा र्याली गर्न कठिन हुनेछ । त्यसैले म टेलिफोनिक र्याली गरिरहेको छु । हामी यी र्यालीलाई पनि ट्रम्प र्याली भन्नेछौं, तर हामी यो टेलीफोनका माध्यमबाट गर्नेछौं ।

ट्रम्पले अमेरिकाको कोरोना भाइरस टेस्टिंग प्रोग्रामको पनि प्रसंशा गरे । यसलाई विश्वकै सबैभन्दा राम्रो प्रोग्राम भएको उनले बताए । अमेरिकामा अहिलेसम्म ५ करोड भन्दा धेरैको कोरोना परीक्षण भइसकेको छ ।

टेली र्यालीको टुलसामा भएको आफनो उक्त पहिलो र्याली स्मरणिय भएको उल्लेख गर्दै सबै अवरोधका बावजुद त्यहाँ अत्यधिक भीड भएको ट्रम्पले बताए । ट्रम्पको चुनावी क्याम्पेन अनुसार टुलसाको उक्त र्याली ब्यवस्थापन गरेको टोलीका ६ सदस्य कोरोना पोजिटिव पुष्टि भएको थियो ।
अमेरिकामा हालसम्म कोरोनाले मर्नेको संख्या करिब १ लाख ४५ हजार पुगेको छ ।