बाइडेन राष्ट्रपति बन्न र देश चलाउन लायक छैन: ट्रम्प


वासिंगटन (एजेन्सी)

अमेरिकी राष्ट्रपति चुनाव नजिकिँदै जाने क्रममा प्रमुख दुई प्रत्यासी डोनाल्ड ट्रम्प र डेमोक्र्याट उम्मेदवार जोय बाइडेनबीच बयानबाजीले तिब्रता लिएको छ ।

यसबीच बर्तमान अमेरिकी राष्ट्रपति ट्रम्पले बाइडेन अमेरिकी बन्न र देशको नेतृत्व सम्हाल्न सक्ने हैसियतले लायक नभएको बताएका छन् । बाइडेन मानसिक रुपमा थाकेको मान्छे भएको ट्रम्पले बताए । केही दिन अगाडी बाइडेनले ट्रम्पका नितिहरुको दुष्परिणाम देशले उठाउनु परिरहेको आरोप लगाएको थिए । डेमोक्र्याटिक प्रत्यासी बाइडेनले कोरोना भाइरसको रोकथाममा लापरवाहीलाई लिएर पनि ट्रम्पको आलोचना गरेका थिए । त्यसपछि ट्रम्पले बाइडेनमाथि ब्यक्तिगत रुपमा हमला गर्न थालेको हो ।

अमेरिकामा नोभेम्बरमा हुन गइरहेको राष्ट्रपति चुनाव पुर्व महामारी फैलिएकोले सार्वजनि र्याली बन्द भइसकेको छ । अब सामाजिक सन्जाल वा अन्तरवार्ताका माध्यमबाट दुईबीच बयानबाजी चलिरहेको छ । ट्रम्पले फक्स न्युजलाई लिएको एक लामो अन्तर्वार्तामा भने – ‘बाइडेन मेरो आलोचना गर्छन् । जबकी उनलाई यसतो गर्ने हक नै छैन । पहिला उनले आफुलाई नै हेर्नु पर्छ । उ यसका लागि लायकै छैन कि देशको नेतृत्व सम्हाल्न सकुन वा राष्ट्रपति बन्न सकुन् । मानसिक रुपमा उनी थाकेका ब्यक्ती हुन् । यदि यस्तो ब्यक्ती देशको राष्ट्रपति बन्छ भने उसले त देशलाई ध्वस्त पार्नेछ ।’

ट्रम्पलाई एक प्रश्नमा हालै भएका मत सर्वेक्षणका विषयमा सोधिएको थियो । यसमा बाइडेनलाई ट्रम्प भन्दा अगाडी देखाइएको थियो । यस प्रश्नलाई लिएर ट्रम्प आक्रोसित बन्न पुगे । उनले भने – जुन सर्वेक्षणको कुरा भइरहेको छ त्यो फर्जी हो । ह्वाइट हाउसले पनि सर्वे गराएको छ । हामी त्यसमा धेरै अगाडी गइरहेका छौं । सबै महत्वपुर्ण राजइमा हामीले अग्रता हासिल गरेका छौं । त्यसैले यी सर्वेक्षणमा ध्यान दिनु हुँदैन । यिनीहरु जनतालाई गुमराहमा राख्न यसतो गर्छन् ।

ट्रम्पले भने – तपाई जसरी मलाई प्रश्न सोधिरहनु भएको छ, अर्थात अन्तरवार्ता लिइरहनु भएको छ, त्यसरी बाइडेनलाई पनि गर्नुस । उ केही समय पछि नै मम्मी – मम्मी भनेर चिच्याउन थाल्नेछ । उसले भन्नेछ, मलाई घर पुर्याइदिनु । प्रश्न के हो भने बाइडेन देश चलाउन सक्षम हो ? यदि होइन भने फेरी जनताले सोच्नु पर्ने छ ।