कफीको दाना भित्र कोकिन


रोम,(एजेन्सी )

इटालियन सुरक्षा निकायले अप्त्यारिलो ढंगले तस्करी हुन लागेको लागु औषध कोकिन फेला पारेको छ । शुरुमा प्रहरीलाई त्यो कफीको गेडा भरिएको सामान्य झोला जस्तो लागेको थियो । तर त्यस झोलामा लेखिएको नाम ‘ सान्टिनो डि एन्टोनियो देखेर प्रहरीको शंका बढ्यो ।

किनभने ‘ जोह्न विक ’ नाम हलिवुड चलचित्रमा माफिया बोसको नाम पनि सानिटनो डि एन्टोनियो नै थियो । छानविन शुरु भयो । कफीको गेडा भित्र करिव एक सय पचास ग्राम कोकिन पोको पार्न प्रयोग गरिएको टेपमा कलात्मक ढंगले वास्तविक देखिने गरी खैरो रंग लगाइएको थियो ।

प्रहरीले सो पयकेज कोलम्वियाको मेडेलिनबाट मिलानको माल्पेन्सा विमानस्थलमा पठाइएको पत्ता लगाएको छ । प्रहरीले वास्तविकता थाहा पाएपछि पनि त्यसलाई पुन ट्रान्सपोर्टेसनमा राखिदिए । अन्तत प्याकेज लिन आएका एकजना ५० वर्षीय पुरुष पक्राउमा परे ।