चीनको ‘केरुङ  च्छो’ ताल बिष्फोट हुने खतरा, नेपालमा ठुलो मानवीय क्षति हुने

0
Shares

न्युज अफ नेपाल, काठमाडौ ।

चीनको स्वशासित क्षेत्र तिब्बत अन्र्तगतको कुतिको ‘केरुड च्छो’ ताल अबिरल बर्षाको कारण कुनैपनि बेला फुट्न सक्ने भएकाले भोटेकोशी आसपासमा बस्ने नेपालीहरुलाई सुरक्षित रहन नेपाल सरकारलाई चीन सरकारले अनुरोध गरेपछि अहिले भोटेकोशी आसपासमा स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।

चीनले उक्त जानकारी गराएपछि भोटेकोशी गाउंपालिका, बाह्रबिसे नगरपालिका,लगायतका मानवबस्ती बगाउन सक्ने भएकाले उक्त स्थानमा रहेका नेपालीहरुलाई सुरक्षित स्थानमा जान जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आग्रह गरेको छ ।

उक्त ताल फुटेमा नेपालमा ठुलो क्षती पुर्याउने भएकाले सर्तक रहन पनि स्थानीय प्रशासनले बिपद ब्यवस्थापन समितिलाई समेत आग्रह गरेको छ ।