धादिङमा पहिरोले पुरिएर एकै परिवारका ३ को मृत्यु

0
Shares

न्युज अफ नेपाल, धादिङ ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ आगिञ्चोक खवासेगाउँमा पहिरो गएर घर पुरिदा एकै परिवारका ३ जनाको मृत्यू भएको छ ।

घर माथिबाट आएको पहिरोले घर पुर्दा २० वर्षीया सम्झना खाँण २२ वर्षिय मिलन खाँण र उनीहरुको डेढ बर्षिय छोराको मृत्यू भएको स्थानीय हरि विश्वकर्माले बताउनुभयो ।

अहिले घटना स्थलमा प्रहरी पुगि सकेको र स्थानीयको सहयोगमा मृतकहरुको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रुपक खड्काले जानकारी दिनुभयो ।