ताल नजिका सात युवायुवतीको शव


पनामा सिटी,(एजेन्सी)

पनामाका प्रहरीले शनिवार जंगल क्षेत्रको एउटा ताल नजिक गोली हानेर मारिएको अवस्थामा सातजना युवाको शव फेला परेको सम्बन्धमा गम्भीर छानविन शुरु गरेको छ । राजधानी पानामा सिटी देखि असी किलोमिटर उत्तरमा पर्ने गाटुन ताल नजिक सत्र देखि बाइस वर्ष उमेरका चारजना महिला र तीनजना पुरुषको शव फेला परेको थियो ।

तेंह्रजनाको समुहमा तिनीहरु सो तालमा घुम्न र पौडी खेल्ने उद्देश्यले त्यहाँ पुगेको प्रारमिभक अनुसन्धानबाट खुलेको छ । सो घटनाकोबेला भागेर बच्न सफल अन्य छ जनाले बिना कारण दुईजना अज्ञात शसस्त्र पुरुषले आफुहरु माथि अन्धाधुन्ध गोली चलाएको प्रहरीलाई बताएका छन् ।

प्रहरीले एकजना आंशंकित व्यक्ति पक्राउ परिसकेकको जनाएको छ । कोलोन प्रान्तको एस्पिनारको जंगलमा तिनीहरुको शव भेटिएको हो । पाँचवटा शव एउटा बंकर भित्र र दुईवटा लाश अन्य छुटाछुटै स्थानमा फेला परेको थियो । फोरेन्सिक परिक्षणबाट तिनीहरु सबैको टाउकोमा गोली लागेर मृतयु भएको स्थानीय संचार माध्यमले जनाएको छ ।