वेलायतको हंगकंग सुपुर्दगी सन्धि निलम्बन गर्ने !


लन्डन,(एजेन्सी)

लन्डन र बेइजिंगबिच तनाव बढिरहेको वर्तमान परिप्रेक्षमा वेलायती विदेशमन्त्री डोमिनिक र्यावले वेलयातले चीनको विशेष प्रशासकिय क्षेत्र हंगकंगसंगको सुपुर्दगी सम्झौता निलम्वन गर्ने सक्ने सोमवार बताएका छन् । चीनले हंगकंगमा विवादास्पद नयाँ राष्ट्रिय सुरक्षा कानुन लागु गरेको र वेलायतको ५ जि नेटवर्कबाट हुवेइलाई प्रतिवनध लगाउने निर्णय गरिएपछि वेलायतले यो कदम चाल्न लागेको हो ।

यसअघि वेलायतले करिव ३० लाख हंगकंगवासीलाई आवासिय अधिकार दिने प्रस्ताव राखेको थियो । यता चीनले भने वेलायतले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको आरोप लगाएको छ । ¥यावले वेलायती संसदमा सुपुर्दगी मामिला लगायत वेलायतको पुर्व उपनिवेश हंगकंगको समबन्धमा चालिने अन्य कदमहरुबारे छलफल अघि बढाउने भएका छन् । सुपुर्दगी सम्झौता विगत ३० वर्ष देखि अस्तित्वमा रहेको थियो ।

उक्त सम्झौता अनुसार हंगकंगमा कुन ैअपराध गरेर वेलायतमा बसिरहेका जो कोहिलाई पनि हिरासतमा लिएर थप कानुनी कारवाहीका लागि हंगकंग समक्ष सुपुर्दगी गरिने छ । वेलायत र चीनबिच पछिल्ला केहि महिना यता राजनीतिक मात्र नभई हुवेइ मोवाइललाई लिएर आर्थिक सम्बन्ध पनि चिसिन थालेको हो ।

त्यसैगरी हंगकंगमा अपराध गरेका व्यक्तिहरुलाई थप अदालती कारवाहीका लागि मुख्य भुमि चीनमा सुपुर्दगी गर्ने प्रस्तावित विवादास्पद विधेयकको कारण हंगकंगमा लामो समय सम्म हिंसात्मक विरोध प्रदर्शन भएको थियो ।

पछि सोही प्रर्दशन हंगकंगमा थप प्रजातान्त्रिक असधकारको मागका लागि प्योग हुन पुगेको थियो ।
यता वेलायतले रसियालाई ह्याकिंग र आफ्नो राजनीतिक प्रणालीमा हस्तक्षेप गरेको आरेप लगाउन थालेपछि दुई मुलुकबिच तनाव बढ्न थालेको छ ।