चीनको ‘केरुङ च्छो’ ताल फुट्ने चेतावनी : भोटेकोशीबासीलाई सतर्क रहन आग्रह

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भोटेकोशी नदी किनारको बस्तीका नागरिकलाई सुरक्षित ठाउँमा सार्न जिल्ला विपद् व्यवस्थापन समितिलाई निर्देशन दिएको छ ।

सिन्धुपाल्चोकमा सीमा जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बतको खासा नजिक रहेको केरुङ च्छो नामक ताल फुट्न सक्ने खतरामा रहेकाले भोटेकोशी र सुनकोशी किनारका बासिन्दालाई सचेत रहन स्थानीय प्रशासनले आग्रह गरेको छ।

ताल फुटेमा भोटेकोशी नदीमा आकस्मिक पानीको वाहाव अत्याधिक बढने भइ नदी किनारको बस्तीमा ठूलो क्षति पुर्‍याउन सक्ने भन्दै स्थानीय तह सरोकारवालाहरुलाई सतर्क र सचेत रहन भनेको छ ।

सोमबार साँझ विपद व्यवस्थापन समितिको बैठक बसी जिल्ला प्रशासन कार्यालयले चीनको न्यालम काउन्टीबाट जानकारी प्राप्त भएको उल्लेख गर्दै सीमा क्षेत्र र नदि किनारका बासिन्दालाई सुरक्षित रहन आग्रह गरी सूचना जारी गरेको हो।