पूर्वी पाल्पामा पहिरोले दुई घर पुरिए,सिद्धार्थ राजमार्गमा जोखिम कायमै


न्युज अफ नेपाल,पाल्पा ।

पूर्वी पाल्पाको रामपुर नगरपालिका–१ मा पर्ने स्याउली वजारमा दुइ घर भत्किएका छन । अविरल वर्षाका कारण स्याउलिबजार–मित्याल मोटर बाटोको छेउमा पर्ने दुइवटा घर भत्किएका छन ।

मोटर वाटो विस्तारका कारण एक महिनादेखी जोखिममा बस्दै आएका स्थानीय लक्ष्मी मल्ल र गम बहादुर मल्लको घर गतराती घर पछाडीबाट भेल पसे संगै भत्किएको हो । पहिरोमा मानवीय क्षति भने नभएको स्थानीयले वताएका छन । घरमा पुर्ण रुपमा क्षती भएको छ ।

घरका मानिस र पशुलाई समयमा नै सारेका कारण थप क्षती हुन नपाएको स्थानीयले वताएका छन । वाटो विस्तारका क्रममा ती घरहरु जोखिममा थिए । स्याउलिबजार माथिबाट आएको भेल सहितको हिलो माटो पछाडिबाट झ्याल,गारो भत्काउदै घरभित्र पसेको हो ।

जोखिम मोलेर घरमा नै बसिरहेका लक्ष्मीका ३ र गम बहादुरका ६ जनाको परिवारलाई स्थानिय दानस मल्ल लगायतका स्थानियले राती १० बजे छिमेकीकोमा लगेका थिए । रातीमा मुसलधारे पानी परिरहेपछी घर भत्कने संभावनाले उनीहरुलाई नजिकका घरमा सारेको मल्लले बताउनुभयो । पहिरोमा पुरिएका घर नजिकै अन्य तीन घर जोखिममा परेका छन् ।

स्थानीयका अनुसार लक्ष्मी मल्ल र गमबहादुर मल्लको घर पहिरोले पुरेको हो । पहिरोले घर पुरेपछि उनीहरु छिमेकीको घरमा बसेका छन् । बालकुमारी मल्ल, सुर्य श्रेष्ठ, सूर्यमाला मल्लको घर उच्च जोखिममा छ ।

यसका साथै पूर्वी पाल्पाका विभिन्न भागहरु लगायत जिल्लाका ग्रामीण सडकमा पनि अविरल वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको प्रहरीले जनाएको छ । त्यस्तै तानसेन वुटवल सडक खण्ड पनि पहिरोका कारण खुल्ने वन्द हुने क्रम जारी छ ।

राजमार्गको गौडेपुल नजिक र दोभान क्षेत्रमा पहिरोको जोखिमका कारण यो खण्डमा अत्यावस्यक वाहेक रातीको समयमा यात्रा नगर्न र दिउसोको समयमा पनि यात्रा गर्दा वुझेर शर्तक भइ यात्रा गर्न अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरिक्षक मदन गिरीले वताउनु भयो ।