पहिरोले चार घर पुरिदा १ हराए ५ घाईते,खोलाले बगाउँदा १ बेपत्ता


सीताराम अधिकारी,धादिङ ।

दुई दिनदेखिको वर्षाका कारण पृथ्विराजमार्ग क्षेत्र अस्तव्यस्त भएको छ ।थाक्रे गाउपालिका वडा नम्बर ६ कि ६० वर्षिया लक्षमी पुनमगर लाई महेशखोलाले बगाउँदा एक जना बेपत्ता हुनुभएको छ । बाढि आएको खोला तर्न लाग्दा महादेबबेसी बाट हराएको महादेबबेसि प्रहरीचौकीका प्रमुख प्रहरी सहायक निरिक्षक किरण पोखरेलले बताउनुभएको छ ।

धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ मलेखु स्थित फुर्केखोला र मलेखुबजार पुल छेउमा पहिरो जाँदा ५ घर पुरिएको छ भने १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १७ वर्षिया निरुता परियार रहेको ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरीनायव उपरिक्षक खगेन्द्र राज खड्काले जानकारी दिनुभयो ।

लगातारको वर्षाका कारण सडक माथिबाट पहिरो र लेदो आएपछि सो क्षति भएको हो । २२वर्षिय दिपेन्द्र चौधरी घाईते भएकोले राजमार्ग सामुदायिक अस्पतालमा उपचार पछि जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।

पहिरोले मलेखुका ५ घर पुरिएका छन् । पहिरोमा परेर अन्य चार जना सामान्य घाईते भएका छन् । घटनापछि नेपाल प्रहरी, ससस्त्र प्रहरी नेपालीसेना लगायतले उद्धार गरेको उद्धारमा सम्लग्न मलेखु रामहरि थापाले बताउनुभएको छ ।