अपाङ्गता भएका ब्यक्तिलाई सिबिआरएसको सहयोग


भूपराज बस्याल,स्याङ्जा ।

अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको समुदायमाआधारित पुनस्र्थापना सेवा (सिबिआरएस) नेपालले गल्याङ नगरपालिकामा रहेका अपाङ्गता भएका ब्याक्तीलाई सहयोग गरेको छ । अपाङ्गता भएका ब्यक्तिको आयाआर्जन सघाउ पुर्याउने उदेश्यका साथ अपाङ्गता भएका ब्यक्तिका अभिभावकहरुलाई आर्याआर्जन सम्बन्धि विभिन्न सामग्री वितरण गरिएको कार्यक्रम संयोजक रुद्र थापाले जानकारी दिनुभयो ।

गल्याङ नगरपालिकाका वडा नं. ४, ५, ६, ७, ८ र ९ मा रहेका विपन्नअपाङ्गता भएका ब्यक्तिहरुकालागी स्थानिय स्तरमा ससानाआयआर्जन कार्यक्रमहरु सहयोग गर्ने उदेश्यले कुखुरा पालन, बाख्रापालन, बंगुर पालन, सिलाई बुनाई, फलामको आरन, बांस, चोयांको काम, मौरी पालन र तरकारीको बिउ बिजन लगायत सहयोग गरिएको उहाँले जानकारी दिनुभयो ।

अपाङ्गता भएका ब्यक्तिहरुले प्रयोग गर्ने सहयोगी सामाग्रीवितरण गर्ने, गृहभेट मार्फत थेरापी सेवाप्रदानगर्दै संबन्धित वडाहरुमा बसोबास गर्ने अपाङ्गता भएकाब्यक्तिहरुको तथ्याङ्क संकलन तथा अध्यावधिक समेत गरेको सस्थाका अनुसार गल्याङ नगरपालिकाका उक्त ६ वडामा अपाङ्गता भएका ब्यक्तिहरुको संख्यामहिला १९८ जना र पुरुष २९१ जना गरी जम्मा ४८९ जना रहेको जनाएको छ ।

त्यस्तै नेपाल सरकारद्धारा बर्गीकरण गरिएको अपाङ्गताका १० प्रकारहरु मध्ये शारिरीक १७३ जना, दृष्टि संबन्धी ८८ जना, सुनाई संबन्धी ६९ जना, श्रवण–दृष्टि विहीन ०८ जना, स्वर बोलाई संबन्धी ४२ जना, मनोसामाजिक २३ जना, बौद्धिक ३१ जना, अटिजम ०३ जना र बहु अपाङ्गता ५२ जना रहेको जनाएको छ ।

समुदाय तथा बिद्यालय स्तरमा अपाङ्गता संबन्धी सचेतना अनुशिक्षण कार्यक्रमहरु सञ्चालनगर्दै आएको सस्थाले सामुदायिक सहजकर्ता नुनमाया थापा , लिला बिस्वाकर्मा र यमकला भण्डारीको समन्वयमा वडामा हवीलचेयर १४ जनालाई, बैशाखी ८ जनालाई, चर्पी कुर्ची १४ जनालाई, सेतो छडी २२ जनालाई, बिद्यालयजाने अपाङ्गता भएका बालबालिकाहरुलाई स्टेशनरी तथाझोला ८० जनालाई ,तरकारीको बिउ बिज १०० जनालाई सहयोग गरेको थापाले जानकारी दिनुभयो ।

नमुनाअपाङ्गता मैत्रीभौतिक संरचनामा सहजिकरण गर्दै आएको सस्थाका पहलमै पालिका भित्रका केही स्कुल तथा स्वास्थ्य चौकीमा अपाङ्गता मैत्रीभौतिक संरचना तयार गरिएको पनि थापाले जानकारी दिनुभयो । आंखा जांच शिविर सञ्चालनगर्ने ।

विद्यालयजाने अपाङ्गता भएका बालबालिकाहरुका लागी स्टेशनरी तथाझोलावितरण गर्ने । वडा स्तरिय अपाङ्गता स्वाबलम्बन समुह गठन तथा सशक्तिकरण कार्यक्रम सञ्चालनगर्ने । मातृशिशु कार्यकर्ताहरुका लागी अपाङ्गता संबन्धीअभिमुखिकरण तालिम सञ्चालन लगायतका कार्यक्रम उक्त सस्थाले गर्दै आएको छ ।