बुटवल–तानसेन सडकखण्ड १७ घण्टापछि सुचारु


यमलाल भुसाल,बुटवल ।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्ड सोमवार दिउसो २ वजे देखि सुचारु भएको छ ।तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै शुक्रबार राति खसेको पहिरो दुई दिन लगाएर पन्छाएपछि आइतबार साँझ ५ बजेदेखि एकतर्फी सवारी साधन चलेका थिए ।

फेरि राति सवा आठ बजेपछि सोही ठाउँमा पहिरो खस्दा पुनः पूर्णरुपमा सडक अवरुद्ध भएकोमा सोमवार दिउसो २ वजे देखि संचालनमा आएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन गिरीले बताउनु भयो । सोमबार बिहानै देखि पहिरो पन्छाउने काम गरिएको थियो ।

रातिदेखि रोकिएका सबै सवारी साधन पहिरो खसेको ठाउँ पार गरेर गन्तव्यतर्फ जान थालेका छन । त्यस्तै सिद्धवावा नजिै गर्एको पहिरो बिहान साढे १० खुलाईएो थियो ।  विगत एक साता देखि उक्त सडक पटकपट वन्द हुने खुल्ने क्रम जारी रहेको छ ।