पाल्पामा राष्ट्रिय परिचय पत्रको विवरण संकलन सुरु


न्युज अफ नेपाल, पाल्पा ।

जिल्ला प्रशासन कार्यालय पाल्पाले सोमवारबाट राष्ट्रिय परिचय पत्रको विवरण संकलन गर्ने कार्य सुरु गरेको छ । कार्यालयमा छुटै एकाई स्थापना गरी प्रदेश नम्वर ५ का प्रदेश सभा सदस्यहरु नारायण प्रसाद आचार्य र विरवहादुर राना, तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाही तथा पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्यालको विवरण संकलन गरी शुरूवात गरिएको हो ।

विवरण संकलन कार्यको सुरुवातमा वोल्दै प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले कार्यक्रम शुरुवात भएको र यसले व्यक्तिको व्यक्तिगत परिचय पत्रबाट विविध फाइदा व्यक्तिले पाउने हुनाले यसको आवश्यकता रहेकोको जानकारी गराउनु भयो ।

कार्यक्रममा सहायक कार्यालयका अनुसार नागरिकता बनाएका नागरिकले जिल्ला प्रशासनमा आई आफ्नो विवरण भर्न सक्ने अथवा विवरण सहितको फारम यस कार्यालयको वेभसाइट मार्फत भरेर विवरण दिन सक्नेछन ।

राष्ट्रिय परिचय पत्रमा व्यक्तिको परिचय खुल्ने खालका सूचना रहने कुराहरु हुने हुनाले यसको कानूनी,राजनीतिक कानूनी लगायतका फाइदा हुने हुनाले गुणस्तरीय सार्वजनिक सेवा, शान्ति सुरक्षा लगायतका फाइदा पनि हुने वताइएको छ ।