त्रिविमा नेविसंघको भित्र र प्राध्यापको मुलगेटमा ताला

0
Shares

न्युज अफ नेपाल,काठमाडौ।

नेपाली काग्रस निकट नेपाल प्रजातान्त्रिक प्राध्यापक संघले त्रिभुवन विश्वविद्यालयको प्रशासनीक काम ठप्प पार्दै तीन पदाधिकारी र सेवा आयोगको मुलगेटमा तालाबन्दी गरेका छन । संघका अध्यक्ष जगत तिमल्सिनाको नेतृत्वमा जुलश सहित आएको प्राध्यापकको टोलीले उपकुलपति, रेक्टर , रजिष्टार र सेवा आयोगको कार्यालयको मुल गेटमा तालाबन्दी गरेको हो ।

संघले उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले मनोमानी रुपमा नियुक्ति गरेको, प्राज्ञिक थलोलाई राजनितीकरण गरेको लगायतका आरोप लगाउदै अनिश्चितकालीन तालाबन्दी गरेको हो । तालाबन्दीको कारण आजबाट सबै प्रशासनीक र प्राज्ञिक कार्यक्रम ठप्प भएको छ ।

तिमल्सिनाको नेतृत्वमा जुलुश र सिठी बजाउदै आएको समुहले त्रिवि पदाधिकारीबिरुद्ध नाराबाजी गरेका थिए । उता नेपाल विद्यार्थी संघले भागबण्डाको विरोध जनाउदै तीनै पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेका छन् । अहिले विद्यार्थी संगठनको कार्यकक्ष र प्राध्यापकको मुल गेटमा तालाबन्दी भएको छ ।