साउनको पहिलो सोमबार : पशुपतीनाथलाई ढोका बाहिरबाटै नमस्कार (फोटोफिचर)


न्युज अफ नेपाल,काठमाडौं ।

आज साउनको पहिलो सोमबार शिवको आरधना गर्दै हिन्दु नारीहरू व्रत बस्ने गर्दछन् । व्रत बसेकाहरू साउने सोमबार पशुपतिमा पूजा गर्न जाने चलन छ।

अघिल्ला वर्षहरूमा साउने सोमबार पशुपतिमा भीडभाड हुने भएपनि यसपाली कोरोना महामारीका कारण ढोका बाहिरबाटै पूजा अर्चना गर्नुपर्यो । नेपालमा पनि कोरोना भाईरसका कारण जनजिवन अझै सामान्य अवस्थामा फर्कन सकेको छैन ।

सरकारले कोरोना महामारीको जोखिमलाई मध्याजर गर्दै यसपटक देशभरका मन्दिरहरु नखोल्न निर्देशन दिएको छ । यद्यपी नारीहरुले काठमाडौंस्थित पशुपतीनाथ मन्दिर तथा देशैभरका शिव मन्दिरहरुमा पुगेर मन्दिर नखुलेपनि कहीँ ढोका बािहरै त कहिँ मन्दिर परिसरमा पुगेर पुजा अर्चना गरेका छन् ।

तस्वीर : उजोल डंगोल