आज थप १८६ जनामा कोरोना संक्रमण पुष्टि,१७३ जना संक्रमित डिस्चार्ज

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

आज थप १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा गरिएको पिसीआर परीक्षणमा देशभरका १८६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौंतमले बताए ।यससंगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको छ ।

 आज १७३ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।भने हालसम्म नेपनलमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ११ हजार ८ सय ६८ जना पुगेको छ ।