अब विद्यालय खोल्दा यस्ता नियम पालना गर्नुपर्ने

940
Shares

ईश्वरराज ढकाल, काठमाडौं ।

अब विद्यालय खोल्दा विद्यालयले कडा नियम पालना गर्नुपर्ने छ । विद्यालयको क्यान्टिनमा खाजा खादा, खेल मैदानमा खेल्दा , छात्रावासमा बस्दा, कक्षा कोठामा पढ्दा र हिडडुल गर्दा कडा नियम सामना गर्नुपर्ने भएको छ ।

सरकारले तयार गरेको विद्यालय पुनःसञ्चालन सम्बन्धि कार्यढाचामा सो नियम लागु गरेको हो । त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही साउन १५ गतेदेखि सामुदायीक विद्यालयका शिक्षकलाई अनिवार्य रुपमा विद्यालय पुग्नैपर्ने बाध्यकारी व्यवस्था लागु गर्ने तयारी गरेसंगै सो नया नियम लागु गर्न लागेको हो ।

शिक्षा, वित्रान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले शिक्षकलाई विद्यालय पठाउने व्यवस्था गर्ने विषयमा छलफल भैरहेको बताउनुभयो । उहाले शिक्षक विद्यालयमा पुगेपछि कहिलेदेखि विद्यालय सञ्चालन गर्ने ? भन्ने विषयमा छलफल हुने जानकारी दिनुभयो । भन्नुभयो–कोभिड–१९को संक्रमण घटेसंगै भर्ना खोल्ने, तथ्याङक राख्ने विषयमा छलफल भैरहेको बताउनुभयो ।

सरकारले विद्यालय खोलेपछि कडा नियम र आचारसंहिता पालना गर्नुपर्ने उल्लेख गरेको छ । विद्यालय खोलेपछि पाना गर्नुपर्ने यस्ता नियम छन् ।

* अलग अलग सिफ्टमा अलग अलग कक्षा वा तह सञ्चालन गर्ने

* विद्यालय खुल्ने तथा कक्षा सञ्चालनको अवधिर घन्टी छोट्याउने ।

* अवस्था हेरी तल्ला कक्षालाई पहिले वा माथिल्लो कक्षाका विद्यार्थीलाई पहिले(जोखिम र सहजतालाई हेरी) कक्षा शुरू गर्ने ।

* कुनै दिन केही कक्षा र कुनै दिन बाँकी अरु कक्षा सञ्चालन हुने गरी पालैपालो कक्षा सञ्चालन गर्ने,

* विद्यालयभित्र शिक्षक, विद्यार्थी तथा विद्यालय कर्मचारीहरुको भौतिक दुरी कायम हुने गरी कक्षा कोठा, शौचालय, पिउने पानी आदि जस्ता स्थानहरुमा गोलो घेरा(मार्किङ) बनाउने र सोको पालनाको विषय आचारसंहितामा समेत समावेश गर्ने ।

* संघीय सरकारले गरेको निर्णय तथा निर्देशनमा रही देशभर एकै पटक सबै विद्यालय पुनः सञ्चालन हुने अवस्था आएमा वा जोखिमका हिसाबले फरक फरक मितिमा विद्यालय पुनः सञ्चालन हुने अवस्था आएमा स्थानीय तहले स्थानीय तहका जनप्रतिनिधि, अभिभावक, स्थानीय शिक्षाविद्, प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समिति. तथा शिक्षक अभिभावक संघका

पदाधिकारी,स्वास्थ्यकर्मी,बाल/युबा क्लब आदिसँग परामर्श गरी विद्यालय खुल्ने दिनको पूर्वानुमान गरी कम्तिमा १५ दिन अगावै सरोकारवालाहरुलाई जानकारी गराउने

* विद्यालयमा आउने बालबालिका, शिक्षक तथा विद्यालय कर्मचारीहरूमा स्वास्थ्य सम्बन्धी कुनै समस्या आएमा वा कोभिड—१९ का लक्षणहरूसँग मिल्दा जुल्दा लक्षणहरू देखा परेमा तत्काल अभिभावक वा घरपरिवारलाई जानकारी गराउने ।

* विद्यालय परिवार बाहेक अन्य व्यक्तिहरूलाई विद्यालय परिसरमा आउन निषेध गर्ने र अत्यावश्यक कामका लागि नआइहुने परिस्थिति भएमा प्रधानाध्यापकको अनुमती लिई मास्क लगाएर मात्र आउने व्यवस्था गर्ने ।