लकडाउनका बेला बेचबिखनमा परेका ४१ महिलाको उद्दार

0
Shares

न्युज अफ नेपाल, काठमाडौ ।

नेपालमा कोरोना महामारी शुरु भएपछि सरकारले लागू गरेको लकडाउनका बेला नेपाल तथा भारतको बिभिन्न स्थानबाट मानव बेचबिखन गर्न लगेका नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले ४२ जनालाई नियन्त्रणमा लिएको छ ।

ब्युरोले गत चैत २६ गते शिवरात्रीका दिन काभ्रे पनौतीकी १३ बर्षीया बालिकालाई जन्मदिन मनाइदिने भन्दै भारतको ओसानमा लगेर बिक्रि गर्ने इशा श्रेष्ठ लगायत दुई जनालाई पक्राउ गरी कारवाही अगाडि बढाएको छ ।

त्यस्तै लकडाउनकै बेला असार १७ गते भारतबाट तेस्रो मुलुक कुवेत, इराक र साउदीमा काम लगाईदिने भन्दै काठमाडौ, पोखरा, बुटवल, दाङ हुंदै नेपालगन्ज नाकाबाट भारतको नयादिल्लीस्थित बुरारी जोरदामा एउटा घरमा बन्धक बनाई राखेको अवस्थामा ब्युरोको समन्वयमा नेपाली देशभक्त आवाज र शान्ति पुनस्थापन केन्द्रको सहयोगमा ६ जना महिलालाई उछार गरेको थियो ।

त्यसैगरी भारतको मनिपुरबाट २१ जना नेपाली युवतीलाई बिभिन्न स्थानमा काममा लैजाने भन्दै बेचबिखन गर्न लान लागेको सुराकी पाएपछि उद्धार गरेको ब्युरोले जनाएको छ ।

त्यस्तै सोही समयमा नेपालमा नै आन्तरिक रुपमा बेचबिखनमा परेका १३ जना महिलाको उद्धार गरी पुनस्थापना गरेको पनि ब्युरोले जनाएको छ ।

नेपालमा नवलपरासीमा २, कैलालीमा २, सुनसरीमा २, कास्कीमा २, चितवनमा २, मकवानपुरमा १, बर्दियामा १ र बांकेमा १ जना गरी १३ जना बेचबिखन पीडितको उद्धार गरेको पनि ब्युरोले जनाएको छ ।