पृथ्वी राजमार्गमा जताततै पहिरो, तीन सवारी साधन बेपत्ता

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ । 

बिगत २४ घन्टादेखि परेको अविरल बर्षाको कारण पृथ्वी राजमार्गमा बिभिन्न ठाउंमा पहिरो जादा राजमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण हुग्दी खोलामा तीनवटा सवारी साधन पुरिएको छ ।

त्यस्तै दरवाङ खोलाको पुल बाढीले बगाएपछि आवत जावतमा समेत रोक लागेको छ । राजमार्गका बििभन्न स्थानमा पहिरो गएको कारण सावारी आवागमन ठप्प भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङका प्रमुख प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिनु भएको छ ।
त्यस्तै सलाङघाटमा पनि भीषण पहिरो गएको कारण अहिले त्यहांको अवस्था नाजुक बन्दै गएको छ । मलेखु वारी र मलेखु पारी पनि ठुलो पहिरो गएको छ भने फुर्के खोला नजिक अर्को भीषण पहिरो गएको छ ।

चालिसे, सोती खोला लगायतका स्थानमा गएको बाढी र पहिरोका कारण यातायात अवरुद्ध भएको छ । मलेखु बजा।र भन्दा माथि रहेको ढकाल गाउंमा पहिरो जांदा ६ वटा घर बगाएको छ भने एक महिला बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।

अबिरल बर्षाका कारण उद्धारकर्मीहरु घटनास्थल पुगेपनि उद्धारमा जुट्न नसकेको स्थानीय प्रशासनले जनाएको छ । धादिङकै गजुरी गाउँपालिकामा पहिरोले छ वटा घर बगाएको छ । उक्त, पहिरोमा परि १७ वर्षीय एक युवती वेपत्ता भएकी छन् ।