हेटौँडामा पहिरोले एक घर पुर्‍यो


न्युज अफ नेपाल, हेटौँडा ।

आइतबार राति देखि परेको अविरल वर्षाका कारण मकवानपुरको इन्द्रसरेबर गाउँपालिका ४ फाखेलमा एक घर पहिरोले पुरेको छ।

राकस खोला माथीबाट आएको पहिरोले स्थानीय ३४ बर्षीय दीपककुमार मोक्तानको घर पुरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन्।

पहिरोले कुनै पनि मानविय क्षति नभएको प्रहरीले जनाएको छ।