एके ४७ को बदलामा गाई


अबुजा, (एजेन्सी)

उत्तरी अफ्रिकी देश नाइजेरियाको जम्फारा राज्य सरकारले स्थानीय डाकुहरुलाई आत्मसमर्पण गराउने एक अचम्मको योजना अगाडी सारेको छ । उक्त योजनामा जुन डाकु एके ४७ राइफल सहित आत्मसमर्पण गर्छ उसलाइ जीवन यापनका लागि दुई गाई प्रदान गर्ने छ ।

स्थानीय सरकारका अनुसार यस योजनाबाट डाकुहरुलाई लुटमार छोडेर एक जिम्मेवार नागरिकका रुपमा सामान्य जीवन जीउन प्रात्साहित गर्नेछ ।

नाइजेरियाको उक्त राज्य मोटरसाइकलको प्रयोग गर्ने यी डाकुहरुबाट अत्यन्त प्रभावित भएको बताइएको छ । हालैका दिनहरुमा लुट्ने क्रममा विरोध गर्ने स्थानीय नागरिकको हत्या समेत भएका छन् । यी डाकुहरुको गिरोहमा सबैभन्दा धेरै फुलानी हेरडर समुदायका छन् ।

यो समुदाय गाईलाई अत्यन्त महत्व दिन्छ । यद्यपी उक्त समुदायका सदस्यहरु डाकुसँग सम्बन्धित भएको भन्ने आरोपलाई हरेब पटक अस्विकार गर्दै आइरहेका छन् । उनीहरु पनि अरु जस्तै ती डाकुहरुबाट त्यतिकै पिडित रहेको बताउँछन् ।

यस क्षेत्रमा एक गाईको औषत मुल्य करिब १ लाख नायरा अर्थात २ सय ५० अमेरिकी डलर पर्छ । कालो बजारमा एके ४७ को मुल्य करिब ६ सय डलर पर्छ । ती डाकुहरुले शुरुमा बन्दुक किन्न आप्mना गाइ बचेको जंफाराको गभर्नर बेल्यु माटावल्लेले बताए । अब उनीहरु अपराध जगत छोड्न चाहन्छ भने हामी उनीहरुलाई दुई गाई उपहार दिइरहेका छौं । यसले उनीहरुलाई हतियार बुझाउन प्रोत्साहित गर्नेछ ।

यस क्षेत्रमा ती डाकुहरु घना जंगलमा बस्छन र वरीपरीका समुदायलाई दुख दिइरहेका छन् । यिनीहरु पसल लुट्ने, पशु र अन्न चोर्नमा सक्रिय छन् । यो बाहेक अपहरण गरि बन्धक बनाएर फिरौती लिने गरिरहेका छन् । जम्फारामा हालै भएको एक हमलामा डाकुले २१ जनाको हत्या गरेका थिए ।

विगत एक दशकमा नाजेरियाको केबी, सौकोतो, जम्फारा र छिमेकी देश नाइजर राज्यमा ८ हजार भन्दा धेरै मारिएको इन्टरनेसनल क्राइसिस ग्रुपले जनाएको छ ।