उपत्यकामै पहिरो, एक युवकको मृत्यु


न्युज अफ नेपाल, काठमाडौँ ।

उपत्यकामै पहिरो जादाँ एक युवकको मृत्यु भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीस्थित घट्टेखोलामा गएको पहिरोमा पुरिएर २२ वर्षीय नवराज गुरुङको मृत्यु गएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । गुरुङको आइतबार साँझ पहिरोमा पुरिएर ज्यान गएको हो ।

मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।